जेठ ०६, २०८१, आइतबार
               

युरोकपमा स्पेन र पोल्यान्ड बराबरीमा, जर्मनीद्वारा पोर्चुगल स्तब्ध

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

युरोकपको गए रातिका खेलमा स्पेनले पोल्यान्डसँग १-१ गोलको बराबरीको नतिजा निकालेको छ । उता चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल जर्मनीसँग ४-२ को हार सामना गर्न बाध्य भएका छन् ।

नेपाली समयअनुसार रातको पौने १ बजे भएको समूह 'ई'को खेलको २४ औँ मिनेटमा स्पेनले गोल गरेको थियो । स्पेनका लागि अल्भारो मोराटाको गोल गरेका थिए । त्यसपछि पहिलो हाफमा दुवैतर्फका गोल गर्ने प्रयास सफल भएनन् । 

खेलको ५४औँ मिनेटमा पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले गोल फर्काए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन ।

स्पेनका लागि प्राप्त पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्न नसक्नु जितका लागि बाधक बन्यो । ५८औँ मिनेटमा पाएको पेनाल्टीलाई जाली चुमाउन स्पेनका जेरार्ड मोरोनो असफल बने । राम्रो लयमा देखिए पनि स्पेन अन्तिममा बराबरी खेलेर अंक बाँड्न बाध्य बन्यो ।

यो समूहमा स्विडेन पहिलो स्थानमा छ भने पोल्यान्ड पुछारमा छ । 

समूह ई को अंकतालिका    

  टिम खेल अंक
सिवडेन
स्लोभाकिया
स्पेन
पोल्यान्ड

यस्तै गएराति पौने १० बजे भएको समूह एफ को खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोलले हरायो ।

जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा भएको खेलको सुरुआतमै पाहुना टोली पोर्चुगलले अग्रता लिएको थियो । 

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले १५औँ मिनेटमा गोल गरेका थिए । तर रुचेन डियासले ३५औँ मिनेटमा गरेको आत्मघाती गोलसँगै पोर्चुगल स्तब्ध हुन पुग्यो । जर्मनीले ३९औँ मिनेटमा राफाएल गुरेरोको आत्मघाती गोलसँगै अग्रता २-१ मा पुर्‍यायो ।

जर्मनीका लागि ५१औँ मिनेटमा काइ हाभेट्जले तेस्रो गोल गरेका थिए । ६०औँ मिनेटमा रोबिन गोसेन्सले जर्मनीका लागि चौथो गोल थपे । 

पोर्चुगलका लागि डिएगो जोटाले ६७औँ मिनेटमा गरेको गोलसँगै ४-२ मा झरेको अन्तिम बन्न पुग्यो ।

समूह एफ को अंकतालिका 

  टिम खेल अंक
फ्रान्स
जर्मनी
पोर्चुगल
हंगेरी

कस्तो लाग्यो ?

यो पनि