जेठ ०६, २०८१, आइतबार
               

युरोकप: हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

फ्रान्स युरोकप २०२० को आजको खेलमा हंगेरीसँग बराबरीमा रोकिएको छ ।

हंगेरीको राजधानी बुडापेस्टमा भएको खेलमा फ्रान्सले १-१ गोलको बराबरी चित्त बुझाउनु परेको हो ।

पहिलो हाफको इन्जरी समयमा हंगेरीसँग गोल खाएर दबाबमा परेको फ्रान्सले ६६औँ मिनेटमा गोल फर्कायो । त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि दुवैले १-१ अंक बाँडेका हुन् ।

घरेलु टिम हंगेरीका लागि अटिला फियोलाले गोल गरेका थिए । फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले जवाफी गोल फर्काए । 

समूह एफ मा रहेको फ्रान्सले दुई खेलबाट चार अंक जोडेको छ । उसले यसअघि जर्मनीलाई १-० ले स्तब्ध बनाएको थियो । पोर्चुगल ३ अंकसहित दोस्रो स्थानमा छ । हंगेरीले मात्र १ अंक बनाएको छ ।

पहिलो खेलमा हार बेहोरेको जर्मनी नेपाली समयअनुसार शनिबार राति पौने १० बजे पोर्चुगलसँग भिड्दै छ । अघिल्लो चरणमा पुग्न जर्मनीका लागि जित आवश्यक छ । पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने लक्ष्यका साथ मैदानमा प्रवेश गर्ने छ । 

आज मध्यरात पौने १ बजे समूह 'ई' का स्पेन र पोल्यान्ड भिडन्त हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि