जेठ ०६, २०८१, आइतबार
               

युरोकप : स्कटल्यान्डसँग बराबरीमा रोकियो इङ्ल्यान्ड

नेपाल फ्ल्यास
असार ०५, २०७८

ADVERTISEMENT

युरोकप २०२० को समूह चरणको खेलमा इङ्ल्यान्ड र र स्कटल्यान्डले बराबरीमा रोकिएका छन्।

गए राति भएको खेलमा इङ्ल्यान्डले बललाई अधिकतम नियन्त्रणमा राख्न सके पनि उ गोल गर्नबाट चुक्यो । स्कटल्यान्डको पनि गोलका प्रयास असफल भए । 

अन्ततः दुवै टिमबाट गोल हुन सकेन र दुवैले १-१ अंक बाडेका छन् ।

बराबरीसँगै इङ्ल्यान्डले हालसम्म ४ अंक बनाएको छ । उसले यसअघिको खेलमा  क्रोएसियालाई हराएको थियो । इङ्ल्यान्ड समूह ‘डी’मा तेस्रो स्थानमा छ ।

यस्तै युरोकपको शुक्रबार राति भएको खेलमा स्विडेनले स्लोभाकिया १-० अन्तरले पराजित गरेको छ ।

समूह ई को खेलमा ७७ मिनेटमा स्विडेनले पेनाल्टीमार्फत गोल गरेको हो । स्लोभाकियाका किपर मार्टिन डुब्रावकाले डिबक्सभित्रै स्विडेनका खेलाडीलाई लडाएपछि स्विडेनले पेनाल्टीको अवसर पायो । स्विडेनका इमिल फोर्सवेर्गले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

स्विडेन ४ अंकसहित समूहको शीर्ष स्थानमा छ । स्विडेनले नकआउट चरणनजिक पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि