जेठ ०७, २०८१, सोमबार
               

युरोकपमा स्विडेनद्वारा स्लोभाकिया पराजित

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

युरोकप फुटबलको ग्रुप ई को खेलमा स्विडेनले स्लोभाकियालाई १-० गोलले हराएको छ ।

खेलको पहिलो हाफमा कुनैतर्फबाट गोल हुन सकेको थिएन । स्विडेनका इमिल फोर्सबगले खेलको ७७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । 

प्रतिस्पर्धात्मक खेलमा विपक्षीकी पोस्टमा प्रहार भने स्विडेनले गरेको थियो । पास र बल पोजिसन होल्ड भने स्लोभाकियाले गरेको थियो । 

खेलमा गोलको केही मौका भने स्विडेनले सिर्जना गरेको थियो । तर विपक्षीको पोस्टभित्र छिराउन भने उनीहरू असफल बने । केही प्राप्त अवसरलाई स्लोभाकियाले पनि गोलमा परिणत गर्न सकेन । 

युरो कप २०२० मा दुवै टिमको यो पहिलो खेल हो । जितसँगै स्विडेनले तीन अंक जोडेको छ । यसअघि पोल्यान्डलाई हराउँदै स्पेनले पनि समान ३ अंक बटुलेको छ । 

युरोकपमा आज राति नेपाली समयअनुसार पौने १० बजे क्रोएसिया र चेक रिपब्लिक भिड्दै छन् ।


कस्तो लाग्यो ?

यो पनि