जेठ ०७, २०८१, सोमबार
               

भारत र न्युजिल्यान्डबीचको टेस्ट क्रिकेट फाइनलमा वर्षा बाधक

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

विश्व टेस्ट च्याम्पियनसिप फाइनलको पहिलो दिनको खेलमा वर्षा बाधक बनेको छ । 

इङ्गल्यान्डको दि रोज बाउल स्टेडियम साउथह्याप्टनमा हुनुपर्ने भारत र न्युजल्यान्डबीचको खेल मैदानमा पानी जमेका कारण प्रभावित भएको छ ।

नेपाली समय अनुसार शुक्रबार अपराह्न सवा ३ खेल सुरु हुने कार्यतालिका थियो । तर अहिलेसम्म टस समेत भएको छैन ।

भारतको कप्तानी विराट कोहलीले सम्हालेका छन् भने उनको काउन्टरपार्ट केन विलियमसन छन् । 

पछिल्लो पाँच वर्षमा भारत- न्युजिल्यान्ड पाँचपटक आमनेसामने भएकोमा भारतले तीन खेल जितेको छ । न्युजिल्यान्डसँगको पछिल्लो दुई खेलमा भने भारत लगातार पराजित भएको छ ।

आईसीसी बरीयतामा भारत पहिलो र न्युजिल्यान्ड दोस्रो स्थानमा छन् ।


कस्तो लाग्यो ?

यो पनि