जेठ ०६, २०८१, आइतबार
               

बेल्जियमले डेनमार्कको चुनौती पन्छायो, अस्ट्रियाविरुद्ध नेदरल्यान्ड्सको सहज जित

नेपाल फ्ल्यास
असार ०४, २०७८

ADVERTISEMENT

फिफा बरीयतामा पहिलो नम्बरमा रहेको बेल्जियमले डेनमार्कको चुनौतीलाई बिहीबार राति पन्छाएको छ ।  

युरो कप फुटबल २०२० को समूह ‘बी’ मा रहेको बेल्जियमले डेनमार्कलाई २-१ गोलले पाखा लगायो । लगातार दोस्रो जित हात पारेको बेल्जियम नकआउट चरणमा पुग्ने लगभग पक्का भएको छ ।

तर दोस्रो हाफमा फिफाको शीर्ष स्थानको बेल्जियमले गोल फर्कायो । खेलको ५५ औँ मिनेटमा थोर्गन हाजार्डले केभिन डे ब्रुनीको पासमा गोल गर्दै बराबरी बनाए । त्यसपछि ७० औँ मिनेटमा डे ब्रुनीले इडेन हाजार्डको पासलाई गोलमा परिणत गराएका थिए ।

यो समूहमा बेल्जियमले ६ अंक जोडेको छ । फिनल्यान्ड र रुसको समान ३/३ अंक छ । डेनमार्कले अंकबिहीन छ ।

खेलमा सुरुवाती गोल भने डेनमार्कले गरेको थियो । खेलको ९९ सेकेन्डमै बेल्जियम गोल हान पुगेको थियो । डेनमार्कका लागि युसुफ पलसेनले गोल गरेका थिए ।

डेनमार्कका युसुफ पलसेन युरो कपमा दोस्रो सर्वाधिक छिटो गोल गर्ने खेलाडी बनेका छन् । रुसका दिमित्री किरिचेन्कोले सन् २००४ को युरो कपको ६७ सेकेन्डमै गोल गरेका थिए ।

बिहीबार रातिकै पहिलो खेलमा पहिलो खेलमा युक्रेनले नर्थ मेसेडोनियालाई २ - १ गोलले हराएको थियो भने नेदरल्यान्डले अस्ट्रियालाई २-० ले हरायो ।


कस्तो लाग्यो ?

यो पनि