जेठ ०७, २०८१, सोमबार
               

जोकोभिचले जिते फ्रेन्च ओपनकाे उपाधि

नेपाल फ्ल्यास
जेठ ३१, २०७८

ADVERTISEMENT

शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेकाे छ ।पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई ३–२ को सेटमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् ।

जोकोभिचले पाँचौ वरियताका स्टेफानोससँग पहिलो र दोस्रो सेट ६–७ (६–८) र २–६ ले गुमाएको थियो । तर त्यसपछि जोकोभिचले एकपक्षीय प्रदर्शन गर्दै सबै २२ वर्षीय स्टेफानोसमाथि तीन सेटमा ६–३, ६–२ र ६–४ को सहज जित निकाल्यो ।

यससँगै जोकोभिचले दोस्रोपटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । यसअघि उनले २०१६ मा फ्रेन्च ओपन जितेका थिए ।


कस्तो लाग्यो ?

यो पनि