जेठ ०७, २०८१, सोमबार
               

स्वदेश फर्कियो नेपाली राष्ट्रिय फुटबल टोली

नेपाल फ्ल्यास
जेठ ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । फिफा विश्वकप २०२२–एएफसी एसियन कप छनोट दोस्रो चरणको बाँकी तीन खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली गए राति स्वेदश फर्किएको हो ।

समूह बी मा रहेको नेपालले अन्तिम तीन खेल कुवेतमा खेलेर आइतबार स्वदेश फर्किएको हो । टोली गए राति ८ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । नेपाली टोली कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेको हो । २३ खेलाडीसहित नेपाली टोली स्वदेश फर्किएका हछन् ।

छनोट अन्तर्गत कुवेतमा नेपालले चाईनिज ताईपेई, जोर्डन र अष्ट्रेलियासंग खेलेको थियो । पहिलो खेलमा चाईनिज ताईपेलाई २–० ले पराजित गरेको नेपाल जोर्डन र अष्ट्रेलियासँग समान ३–० ले पराजित भएको थियो ।

त्यसअघि इराकसँग नेपालले मैत्रीपूर्ण खेल खेलेको थियो । यस पटक नेपाली टिममा ६ नयाँ खेलाडी रहेकोमा ५ खेलाडीले डेब्यु गरेका थिए । इराक विरुद्ध मनिष डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका थिए भने अष्ट्रेलिया विरुद्ध आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले डेब्यु गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि