जेठ ०७, २०८१, सोमबार
               

विश्वकप फुटबल छनोटमा आज नेपाल र चाइनिज ताइपेईबीच भिडन्त हुँदै

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । विश्वकप छनोट फुटबल खेलमा आज नेपाल र चाइनिज ताइपेई भिडन्त हुने भएको छ । सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्ने भएको हो ।

विश्‍वकप र एसिया कप फुटबलको लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण आजदेखि कुवेतमा सुरु हुँदै छ । नेपालले दोस्रो चरणको आफ्नो पहिलो खेल आज चाइनिज ताइपेईसँग खेल्न लागेको हो । नेपाल र चाइनिज ताइपेई बीचको खेल कुवेतको कुवेत सिटीमा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुने छ । 

यसअघि भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । नेपाल जोर्डन र अष्ट्रेलियासँग भने हारेको थियो । नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ। अष्ट्रेलियाको १२ अंक सहित शीर्ष स्थानमा छ भने जोर्डन र कुवेत समान १० अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि