जेठ ०७, २०८१, सोमबार
               

मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसँग ६–२ गोलले पराजित

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

काठमाडौं । गएराति सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय टोली इराकसँग ६–२ गोलले पराजित भएको छ । विश्वकप क्वालिफायर्सका तयारीका रुपमा लिइएको खेलमा नेपाल घरेलु टोली इराकसँग ६–२ गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफमा ४–२ ले पछि परेको नेपालमाथि इराकले थप दुई गोल गर्दै सहज जित हासील गर्यो । रोमाञ्चक खेलको सातौँ मिनेटमा इराकले अला अब्दुल्ला खासिनको गोलमा अग्रता बनायो । तर, त्यसको दुई मिनेट नबित्दै नेपालले खेल बराबरीमा ल्याएको थियो । इराकका डिफेन्डर अला अब्दुल्ला खासिनको आत्मघाती गोलको सहायतामा नेपालले खेल बराबरीमा ल्याएको थियो ।

त्यस्तै, २९ औँ मिनेटमा नेपालले अग्रता बनायो भने मनिष डाँगीले डेभ्यु खेलमै गोल गर्दा नेपालले अग्रता बनाएको थियो । तर, त्यो अग्रता भने धेरै समय टिकेन । खेलको ३९ औँ मिनेटमा मोहम्मद अब्दुलजाराले गोल थप्दै खेल बराबरीमा ल्याए ।

त्यसको अर्को मिनेटमै ऐमेन हुसैनले गोल थप्दै अग्रता दिलाएका थिए । त्यस्तै, इन्ज्युरी समयमा हुसैनले नै अर्को गोल थप्दा पहिलो हाफमा नेपाल ४–२ गोलले पछि पर्यो । दोस्रो हाफमा इराकका लागि मोहनद अली र सजाद जसिमले गोल थपेका थिए । नेपाल र इराक दुबैको लागि यो विश्वकप क्वालिफायर्सको तयारी खेलको रुपमा हेरिएको छ ।

फिफा वरीयताको ६८ औँ स्थानमा रहेको इराकले विश्वकप छनोट अन्तर्गतको खेलका लागि मैत्रीपूर्ण खेलहरुमा जोड दिइरहेको छ। छनोटमा इराक समूह सी मा ५ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

इराक रहेको समूहमा बहराइरन, इरान, हङकङ र कम्बोडिया रहेको छ । विश्वकप छनोटको बाँकी खेल सुरु हुनुभन्दा अगाडि इराकले चारवटा मैत्रीपूर्ण खेल खेलिसकेको छ । जसमा पछिल्लो खेलमा ताजकिस्तानसँग गोलरहित बराबरी खेलेको थियो भने उज्बेकिस्तानलाई १–० ले हराएको थियो ।

त्यस्तै, कुवेतमाथि २–१ को जित निकालेको इराकले युएईसँग गोलरहित बराबरी खेलेको थियो । फिफा वरीयतामा इराक ६८ औँ स्थानमा रहेको छ भने नेपाल १७१ औँ स्थानमा छ । अर्थात कुनै बेला विश्वकपमा समेत सहभागिता जनाइसकेको इराक नेपाल भन्दा फिफा वरीयतामा १०३ स्थानमाथि रहेको  छ ।

अर्कोतर्फ विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ । यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेलमात्र खेल्न बाँकी छ । होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि