जेठ ०६, २०८१, आइतबार
               

वाइल्ड कार्ड पाउँदै कल्पनाले खेल्ने भइन् टोकियो ओलम्पिक

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिकमा सहभागिता जनाउने भएकी छिन्।

त्रिभुवन आर्मी क्लबकी कल्पनाले वाइल्ड कार्ड पाएर ओलम्पिक खेल्न पाउने भएकी हुन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुने कार्यतालीका छ ।

नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठका अनुसार ओलम्पिकमा कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् । उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो नेपाली खेलाडी हुन् ।

कतारको दोहामा क्वालिफाइड प्रतिस्पर्धामा कल्पना ६ सय १३ दशमलव ९ अंक जोडेर ४७औं स्थानमा आएको थिइन् । त्यसपछि उनलाई ६ महिना क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिइएको थियो ।

यो पनि