बैशाख २७, २०८१, बिहीबार
               

नेपाली राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली आज इराक जाने भएको छ । मैत्रीपूर्ण खेलको लागि नेपाली फुटबल टोली आज इराक जान लागेको हो ।

फुटबल टोली आज राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाज हुँदै इराक जान लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । नेपालले आगामी शनिबार इराकसँग मैत्रीपूर्ण खेलमा भीड्ने छ  ।

त्यसपछि फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न उतैबाट कुवेत जाने छ । विश्वकप छनोटका बाँकी खेलअन्तर्गत नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग भीड्ने छ ।

मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गत साता २३ खेलाडीको घोषणा गरेका थिए । विश्वकप छनोटमा नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार ब्यहोरेको छ ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की रहेका छन् । साथै, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन् भने मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल वल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान आवद्ध रहेका छन् ।

त्यस्तै, फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् भने नेपाली फुटबल टोली जेठ २९ गते नेपाल फर्किने कार्यतालीका रहेको संघले जनाएको छ ।

यो पनि