बैशाख २६, २०८१, बुधबार
               

एट्लेटिको बन्यो स्पानिस ला लिगाको च्याम्पियन

नेपाल फ्ल्यास
जेठ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । स्पानिस ला लिगाको च्याम्पियन एट्लेटिको मड्रिड बनेको छ । शनिवार सम्पन्न लिगको अन्तिम खेलमा रियल भाल्लाडोलिडमाथि २–१ को पुनरागमन जितसहित एट्लेटिको ७ वर्षपछि च्याम्पियन बनेको हो ।

एट्लेटिकोलाई उपाधि जिताउन यसै सिजन बार्सिलोनाबाट आएका लुइस सुआरेजले निर्णायक गोल गरेका थिए । सुआरेजले ६७औँ मिनेटमा गोल गर्दै एटलेटिकोलाई २–१ को जित दिलाएका हुन् ।

खेलको भीडन्तमा त्यसअई ओस्कार प्लानोले १८औँ मिनेटमा गोल गर्दै घरेलु टोली भाल्लाडोलिडलाई अग्रता दिलाए पनि ५७औँ मिनेटमा एन्जल कोरेअले एट्लेटिकोका लागि बराबरी गोल फर्काएका थिए ।

अर्को खेलमा दोस्रो स्थानको रियल मड्रिडले भियारियल विरुद्ध २-१ कै पुनरागमन जित हात पारेपनि उपाधि रक्षा गर्न सकेन । एट्लेटिकोले बराबरीमा रोकिएको भए र रियल विजयी भएको अवस्थामा रियल हेड टु हेडमा विजेता बन्ने थियो । तर, दुवै टोलीले एक गोलले पछि परेपनि त्यसलाई उल्टाएर जित हात पार्यो ।
 


कस्तो लाग्यो ?

यो पनि