बैशाख २१, २०८१, शुक्रबार
               

नेपाल सुपर लिग : आज काठमाडौं र धनगढी फाइनलको लागि भिड्ने

नेपाल फ्ल्यास
बैशाख २८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ ।

यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ । लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ । 

ललितपुर र बुटवलबीचको खेलको विजेता टोलीले आज हुने खेलको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नुपर्ने छ । दशरथ रङ्गशालामा आजको खेल साँझ साढे ५ बजे सुरु हुने छ । लिग चरणमा ६ खेलमा १३ अंक जोड्दै काठमाडौं पहिलो तथा १० अंक जोडेर धनगढी दोस्रो भएको थियो ।  


कस्तो लाग्यो ?

यो पनि