बैशाख २१, २०८१, शुक्रबार
               

नेपाल सुपर लिग : काठमाडौं शीर्ष स्थानमा रहँदै प्ले अफमा

नेपाल फ्ल्यास
बैशाख २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आइतबार भएको अन्तिम खेलमा काठमाडौंं रेजर्सले एफसी चितवनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । कुल ६ खेलबाट १३ अंक जोडेको काठमाडौं लिगको शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंका लागि विदेशी मेसोउके ओलोमोऊ र संजोग राईले एकएक गोल गरे । चितवनका लागि सान्त्वना गोल राजीव लोप्चनले गरे । खेलको १७औंँ मिनेटमा काठमाडौंका ओलोमोउले गोल गरेका हुन् । यस्तै खेलको ३४औंँ मिनेटमा राईले काठमाडौंका लागि दोस्रो गोल गरे । 

यसैगरी चितवनका लागि खेलको ४०औंँ मिनेटमा लोप्चनले गोल गरे । खेलको ४४औंँ मिनेटमा काठमाडौंका विश्वास श्रेष्ठले हानेको बल गोलपोष्टबाट बाहिरियो । यस्तै खेलको ८१औंँ मिनेटमा काठमाडौंका प्रिजेन तामाङ गोल गर्नबाट चुके ।

चितवनले लिगका कुनै पनि खेल जित्न सकेन । चितवनले ६ खेलमा चारमा हार तथा दुई खेलमा बराबरी खेल्यो । काठमाडौंले अब फाइनल प्रवेशका लागि मंगलबार धनगढी एफसीसँग प्लेअफमा खेल्नेछ ।


कस्तो लाग्यो ?

यो पनि