बैशाख २१, २०८१, शुक्रबार
               

नेपाल सुपर लिग : आज चितवन र काठमाडौंंको प्रतिस्पर्धा

नेपाल फ्ल्यास
बैशाख २६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल सुपर लिग फुटबल खेल आज (आइतबार) उक्त लिग अन्तिम चरणको खेलमा चितवन र काठमाडौंं भिड्ने भएका छन् । धनगढी र काठमाडौंंबीच पहिलो क्वालिफायर तथा ललितपुर र बुटवलबीच दोस्रो क्वालिफयर खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न सो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल  तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष चारमा स्थान बनाएका हुन् । 

शनिबार सम्पन्न खेलमा ललितपुरका लागि कप्तान अञ्जन विष्टले दुई तथा विमल राना र नुर्लान जाहिदले एक एक गोल गरे । दुवै टोलीले खेलको आरम्भदेखि नै निकै आक्रामक खेल प्रदर्शन गरेका थिए । खेलको छैटौँ मिनेटमा विराटनगरका लागि विदेशी एडिलाजा सोमिडेले गोलको प्रयास गरे पनि असफल भए । खेलको १४औंँ मिनेटमा विराटनगरका एडिलाजाले नै गोलको अवसर गुमाए ।

ललितपुरका गोलकिपर अर्पण कार्कीले उनलाई विफल पारे । कार्कीले नै विराटनगरका सन्तोष तामाङको प्रहार सहजै रोके । खेलको ३६औंँ मिनेटमा ललितपुरका कप्तान विष्टले पहिलो गोल गरे । उनको प्रहार विराटनगरका गोलकिपर किशोर गिरीले रोक्न सकेनन् । खेलको ६३औंँ मिनेटमा ललितपुरका रानाले आफ्नो टोलीका लागि दोस्रो गोल गरे ।

खेलको ८१औंँ मिनेटमा कप्तान विष्टले नै दोस्रो गोल गर्दै ललितपुरलाई ३–० गोलको अग्रता दिलाए । खेलको ८५औँ मिनेटमा विराटनगरका रञ्जित धिमाल रातो कार्ड पाएर मैदानबाट बाहिरिए । 

खेलको इञ्जुरी समयमा विदेशी खेलाडी नुर्लान जाहिदले गोल गर्दै ललितपुरलाई ४–० ले खेल जिताए । हिजोको खेलमा ललितपुरका कप्तान विष्ट प्लेयर अफ दी म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

उदीयमान खेलाडी ललितपुरकै डोना थापा चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उक्त जीतसँगै ललितपुर ६ खेलमा ९ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । विराटनगर ६ खेलमा ७ अंक जोडेर पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो । 

यसैगरी अर्को खेलमा बुटवल नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै बुटवल प्ले अफमा प्रवेश गरेको हो । बुटवलका लागि निर्णायक गोल सुमन लामाले खेलको ८०औँ मिनेटमा गरेका हुन् । बुटवल लिग चरणको ६ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा कायम रहन सफल भयो । 


कस्तो लाग्यो ?

यो पनि