बैशाख २१, २०८१, शुक्रबार
               

ललितपुर एफसी र काठमाडौं रेजर्स विजयी

नेपाल फ्ल्यास
बैशाख २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स विजयी भएका छन् । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौंले विराटनगर सिटी एफसीलाई पराजित गरेका हुन् । 

ललितपुरले बुटवललाई १–० तथा काठमाडौंले विराटनगरलाई ५–४ गोलअन्तरले हराएको हुन् । जीतपछि ललितपुर प्लेअफमा पुग्ने सम्भावना कायमै छ । बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ । बुटवलले अरु टोलीको खेलका नतिजामा समेत भर पर्नुपर्नेछ । काठमाडौँ प्लेअफमा प्रवेश गरेको छ । 

ललितपुरका लागि खेलको छैटौँ मिनेटमा विदेशी नुर्लान नोभु्रजुभ जाहिदले निर्णायक गोल गरे । खेलको २२औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गलत सावित भयो । पहिलो हाफको इञ्जुरी समयमा बुटवलका सुमन लामाको प्रहार गोलमा परिणत हुन सकेन । मध्यान्तरपछिको खेलमा पनि ललितपुरले गोलको राम्रो प्रयास गरेको थियो ।

खेलको ६५औँ मिनेटमा डोना थापाले प्रहार गरेको बल गोल पोष्ट बाहिर गयो । खेलको ७३औंँ मिनेटमा ललितपुरकै कमल श्रेष्ठले हानेको बल गोल पोष्टमा पस्न सकेन । ललितपुरले प्रतियोगितामा पाँच खेलमा ६ अंक जोडेको छ । बुटवलले पाँच खेलमा पाँच अंक बनाएको छ । 

अर्को खेलमा काठमाडौं रेजर्सका लागि विदेशी मेसुकेले ह्याट्रिक गरे । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बनेका छन् । विराटनगरले खेलको छैटौंँ मिनेटमा नै पहिलो गोल गरेको थियो । उक्त गोल विदेशी एडिलाजाले गरेका हुन् ।

खेलको २५औंँ मिनेटमा सुनिल बलको प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले बचाए । खेलको ३४औँ मिनेटमा विराटनगरका लागि विदेशी पेड्रो माञ्जीले गोल गरे। खेलको ३५औंँ मिनेटमा काठमाडौंका लागि विदेशी मेसुकेले पहिलो गोल गरे । लगत्तै उनले नै दोस्रो गोल गरे । खेलको ४१औं मिनेटमा काठमाडौंका लागि स्टेफेन विनोङले तेस्रो गोल गरे । 

मध्यान्तरपछिको खेलमा काठमाडौंका लागि ६७औं मिनेटमा मेसुकेले व्यक्तिगत तेस्रो गोल गरे । खेलको ७९औं मिनेटमा विराटनगरका लागि रजिन धिमालले गोल गरे । यस्तै खेलको ८२औं मिनेटमा काठमाडौंका लागि छिरिङ गुरुङले पाँचौँ गोल गरे ।

खेलको इञ्जुरी समयमा  माञ्जीले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ५–४ गोलको अवस्थामा पुर्याए । जीतसँगै काठमाडौं पाँच खेलमा १० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।  


कस्तो लाग्यो ?

यो पनि