जेठ ०७, २०८१, सोमबार
               

चेन्नाईलाई मुम्बईले ४ विकेटले हरायो

नेपाल फ्ल्यास
बैशाख १९, २०७८

ADVERTISEMENT

काठमाडौं । इन्डियन प्रिमियर लिगअन्तर्गतको आईपीएल क्रिकेट खेलमा मुम्बईले चेन्नाई सुपर किंग्सलाई ४ विकेटले हराएको छ । उक्त खेलमा मुम्बईले आफ्नो उच्च स्कोर चेस गर्ने क्रममा चेन्नाईले दिएको २१९ रनको लक्ष्य अन्तिम ओभरमा ६ विकेट गुमाएर पूरा गरेको छ ।

त्यस खेलको जितका लागि मुम्बईलाई अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा पोलार्डले चेन्नाईका लुंगी एनगिदीलाई एक छक्का र दुई चौका सहित १६ रन नै बनाएका थिए । उनले दुई बल डट खेले पनि अन्तिम बलमा दुई रन लिँदै खेल जिताए ।

पोलार्डले ३४ बल खेल्दै ६ चौका र ८ छक्का मद्दतमा अविजित ८७ रन बनाए । मुम्बईका लागि क्विन्टन डे ककले ३८, कप्तान रोहित शर्माले ३५ र क्रुनल पाण्ड्याले ३२ रन योगदान गरे ।

यस्तै हार्दिक पाण्ड्याले ७ बल खेल्दै २ छक्का मद्दतमा १६ रन जोडेका थिए । चेन्नाईका साम करनले सर्वाधिक ३ विकेट लिए भने शार्दुल ठाकुर, रविन्द्र जडेजा र मोइन अद्यीले समान १ विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि