जेठ ०७, २०८१, सोमबार
               

धनगढी शीर्ष स्थानमा

नेपाल फ्ल्यास
बैशाख १८, २०७८

ADVERTISEMENT

काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिगमा एफसी चितवनलाई ३–० ले हराउँदै शीर्ष स्थानमा उक्लेको छ ।

लगातार खेल खेल्न बाध्य रहेको धनगढी एफसीले शनिबार नेपाल सुपर लिगमा एफसी चितवनलाई ३–० ले हराउँदै शीर्ष स्थानमा उक्लेको हो । सुस्त पहिलो हाफपछि खेलले गति लिएको थियो र यसैक्रममा धनगढीले ५ मिनेटको अन्तरमा सुरुआती दुई गोल गरेको हो ।

खेलपछि धनगढीको चार खेलबाट सात अंक भएको छ । जितपछि धनगढीले शीर्ष चार स्थानका लागि बलियो दावेदारी पनि प्रस्तुत गरेको छ । चितवन भने तीन खेलबाट दुई अंकमा सीमित रह्यो र अन्तिम स्थानमा झर्‍यो ।


कस्तो लाग्यो ?

यो पनि