जेठ ०७, २०८१, सोमबार
               

क्रिकेट रङ्गशाला निर्माणबारे उपप्रधानमन्त्री पोखरेल र सिताराम कट्टेल  ‘धुर्मुस’ को भेटवार्ता

नेपाल फ्ल्यास
बैशाख १७, २०७८

ADVERTISEMENT

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिएका छन् ।

क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मी एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई बिहीबारसिंहदरबारस्थित आफ्नै कक्षमा भेटेर उपप्रधानमन्त्री पोखरेलले रङ्गशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्नसक्ने सहयोगका विषयमा छलफल गरेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

उक्त रङ्गशाला देशको एक गौरवशाली र अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने खम्बाको रुपमा साबीत हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि