जेठ ०७, २०८१, सोमबार
               

चेन्नईद्वारा हैदरावाद ७ विकेटले पराजित

नेपाल फ्ल्यास
बैशाख १६, २०७८

ADVERTISEMENT

काठमाडौं । आईपीएल क्रिकेट खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको । बुधबार सम्पन्न भएको उक्त खेलमा चेन्नईले हैदरावादमाथि ७ विकेटको जित हासील गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।​

खेलमा हैदरावादको लागि मनिष पाण्डेले सर्वाधिक ६१ रन बनाए भने कप्तान डेभिड वार्नरले ५७ रन बनाएका थिए । त्यस्तै, केन विलियमसनले २७ र केदार जादवले १२ रन जोडे । साथै, चेन्नईका लागि लुंगी एनगिडीले २ र साम करनले १ विकेट लिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि