जेठ ०६, २०८१, आइतबार
               

आइपिएलमा बेङ्ग्लोरमाथि चेन्नइकाे जित

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई चेन्नइ सुपर किंग्सले  पराजित गरेकाे छ ।

टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोर फितलो ब्याटिङ गर्दै १२२ रनमा समेटियो।

बेङ्ग्लोरलाई सस्तैमा समेट्न चेन्नइका रवीन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिँदा इमरान ताहिरले २ विकेट लिए। त्यस्तै साम करन र सार्दुल ठाकुरले १/१ विकेट लिए।

जारी सिजन बेङ्ग्लोरको यो पहिलो हार हो। र, यो जितसँगै चेन्नइ बेङ्ग्लोरलाई उछिन्दै शीर्ष स्थानमा पुगेको छ। समान ५ खेलेर ४ खेलमा जित र १ खेलमा पराजय ब्यहोर्दै दुबैटोलीको ८ अंक रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि