जेठ ०७, २०८१, सोमबार
               

राजस्थानले कोलकातालाई ६ विकेटले हरायो

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

काठमाडौं । इन्डियन प्रिमियर लिगअन्तर्गतको आईपीएल क्रिकेट खेलमा राजस्थान रोयल्सले कोलकाता नाइड राइडर्सलाई ६ विकेटले हराएको छ । गएराति सम्पन्न उक्त खेलमा कोलकाताले राजस्थानलाई लागि १३४ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्न सफल भयो । राजस्थानको लागि कप्तान सन्जु सामसनले सर्वाधिक ४२ रन जोडेका थिए भने डेविड मिलरले अविजित २४ रन मात्रै बनाए । 

कोलकाताका बलर वरुण चक्रवर्तीले २ विकेट लिए भने शिभम माभी र प्रसिद् कृष्णले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।

कोलकाताका लागि राहुल त्रिपाठीले सर्बाधिक ३६ रन बनाए भने दिनेश कार्तिकले २५, नितिश रानाले २२, शुभमन गीलले ११, पाट कमिन्सले १० रन बनाएका थिए ।​ राजस्थानका बलर क्रिस मोरिसले सर्बाधिक ४ विकेट लिए भने जयदेव उनदकट, चेतन सकारिया र मुस्ताफिजुर रहमानले एक एक विकेट लिएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि