जेठ ०५, २०८१, शनिबार
               

नेपालद्वारा नेदरल्यान्ड्सलाई २३९ रनको कीर्तिमानी लक्ष्य

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २३९ रनको लक्ष्य दिएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनायो ।

नेपालको उच्च स्कोरका कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । कुशल भुर्तेलले ५३ बलमा ७७ रनकाे योगदान दिए । यो उनकाे चौथो अर्धशतक पनि हाे । आरिफ शेखले ८ बलमा १६ रन तथा कप्तान ज्ञानेन्द्र मल्लले १९ बलका ३३ रनकाे योगदान दिए ।

साथै कुशल मल्ल ५० रन तथा दिपेन्द्रसिंह ऐरीले १८ बलमा ४८ रनमा अविजित रहँदै १३८ रन बनाएकाे हाे । विपक्षी टिमलाई नेपालले दिएको यो कीर्तिमानी लक्ष्य हो । यसअघि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले १३ औं सागमा भुटानविरुद्ध जोडेको २ सय ३६ रनपछिको सर्वाधिक रन हो ।


कस्तो लाग्यो ?

यो पनि