काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको गए रातिको खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २–१ ले पराजित गरेको छ ।
जितसँगै म्यानचेस्टर सिटी उपाधिनजिक पुगेको छ ।
एस्टन भिल्लाले खेलको पहिलो मिनेटमै गोल गरेको थियो । पहिलो मिनेटमै जो म्याकगिनले सिटीको जालीमा गोल चुमाएका थिए । तर २२औँ मिनेटमा सिटीका फिल फोडिनले गोल फर्काएर बराबरीको अवस्थामा ल्याएका थिए ।
४० औँ मिनेटमा सिटीका रोड्री गरेको गोल निर्णायक बन्न पुग्यो ।
खेलको ४४ औँ मिनेटमा सिटीका जोन स्टोन्स रेड कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । त्यसैगरी ५७ औँ मिनेटमा एस्टन भिल्लाका म्याटी क्यासले पनि रेड कार्ड पाए ।
जित निकालेको म्यानचेस्टर सिटी ३३ खेलबाट ७७ अंकसहित शीर्ष स्थानमा छ । ३२ खेल खेलेर दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ६६ अंक छ । ३१ खेलबाट ४४ अंकसहित एस्टन भिल्ला ११ औँ स्थानमा छ ।