चैत १६, २०८०, शुक्रबार
               

लगातार तीन जितसँगै चेन्नई आइपिएलको शीर्ष स्थानमा

नेपाल फ्ल्यास
बैशाख ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलमा चेन्नई सुपर किङ्सले लगातार तेस्रो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई चेन्नइले १८ रनले पाखा लगाएको हो ।

सुरुमा ब्याटिङ गरेको चेन्नईले कोलकत्तालाई २ सय २१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईका लागि फाप डु प्लेसिसले अविजित रहँदै ९५ रनको महत्त्वपूर्ण योगदान दिए । त्यस्तै रुतुराज गायकवाडले ६४ रन बनाए ।

जवाफमा ब्याटिङ गरेको कोलकत्ताले उत्कृष्ट प्रदर्शन गरे पनि उसका सबै खेलाडी १९ ओभर १ बलमा आउट भएका थिए । कोलकत्ताले मात्र २ सय २ रन जोडेर नतिजा चेन्नईलाई सुम्पियो ।

कोलकत्ताका लागि पाट कुमिन्सले अविजित ६६ रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । यस्तै आन्द्रे रसेलले ५४ रनको अर्धशतकीय इनिङ्स खेले भने दिनेश कार्तिकले ४० रन बनाए ।

चेन्नईका लागि दीपक चहरले ४ विकेट लिए भने लुंगी एनजिडीले ३ विकेट चट्काए ।

हिजोको जितसँगै चेन्नईले ४ खेल तीन जित निकालेर ६ अंक जोडेको छ । पहिलो खेल गुमाएको चेन्नईले पछिल्लो तीन खेलमा लगातार जित निकालेको छ ।


कस्तो लाग्यो ?

यो पनि