जेठ ०२, २०८१, बुधबार
               

आईपीएलमा दिल्लीले मुम्बईलाई ६ विकेटले हरायो

नेपाल फ्ल्यास
बैशाख ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । आईपीएल क्रिकेट खेलमा दिल्लीले  मुम्बईलाई ६ विकेटले   हराएको छ । इन्डियन प्रिमियर लिगअन्तर्गतको आईपीएल उक्त खेलमा दिल्ली क्याटपिल्सले मुम्बई इन्डियन्सलाई हराउँदै तेस्रो जित हासील गरेको हो । 

त्यस खेलमा मुम्बईले दिएको १ सय ३८ रन दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टाएको थियो । दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ रन बनाएका छन् । स्टिभ स्मिथले ३३ रन जोड्दा ललितयादव २२ रनमा अविजित रहे । यस्तै कप्तान रिषभ पन्त र पृथ्वी शाले समान ७–७ रन जोडेर आउट भए ।

शिम्रन हिटमेयरले अविजित १४ रन बनाए । जस्प्रित बुम्राह, जयन्त यादव, राहुल चाहर र काइरन पोलार्डले  १–१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । यस जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा प्रवेश गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि