बैशाख १७, २०८१, सोमबार
               

नेपालले दियो नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रनको लक्ष्य दिएको हो । 

टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो ठूलो स्कोर हो । यसअघि १३ औँ सागमा नेपालले भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले लगातार तेस्रो अर्धतशक प्रहार गर्ने क्रममा सर्वाधिक ६२ रन बनाए । उनले नेदरल्याण्ड्स विरुद्ध १३ औँ ओभरमा अर्धशतक पूरा गरेका थिए । उनले ४१ बल खेल्दै ६ चौका र १ छक्काकाे मद्दतमा अर्धशतक पूरा गरेका थिए ।

कुशलले समग्रमा ४६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा ६२ रन जोडे ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशकभन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका छन् ।


कस्तो लाग्यो ?

यो पनि