जेठ ०७, २०८१, सोमबार
               

आईपीएलमा दिल्लीसँग पञ्जाब ६ विकेटले हार्यो

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । आईपीएल क्रिकेट खेलमा दिल्लीसँग पञ्जाब ६ विकेटले हारेको छ । हिजो सम्पन्न भएको खेलमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग टी–२० क्रिकेटमा पञ्जाब किंग्सलाई हराउँदै दोस्रो जित हात पारेको हो । खेलमा शेखर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले १९६ रनको लक्ष्य १८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको थियो ।

ओपनर धवनले ४९ बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा दिल्लीका लागि सर्वाधिक ९२ रन बनाएका हुन् । त्यस्तै अर्का ओपनर पृथ्वी शले ३२ रन योगदान गरे । दिल्लीका लागि डेब्यु गरेका स्टेभ स्मिथ ९ रन बनाएर  आउट भए । कप्तान ऋषभ पन्तले १५ रन जोडेका थिए ।

मार्कुस स्टोइनिस अविजित २७ रन बनाए । ललित यादव १२ रनमा अविजित रहे भने पञ्जाबका रिचर्डसनले २ तथा अर्शदीप सिंह र रिले मेरेडिथले समान १ विकेट लिएका थिए । त्यसअघि मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । 

पहिलो विकेटका लागि मायांक अग्रवाल र कप्तान लोकेश राहुलले १२.४ ओभरमै १२२ रनको साझेदारी गरेका थिए । अग्रवालले सर्वाधिक ६९ रन बनाए भने उनले ३६ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरेका थिए । राहुलले ६१ रन जोडे । दीपक हुडाले अविजित २२ रन बनाए । शाहरु खानले अविजित १५ रन जोडे ।

बलिङमा दिल्लीका क्रिस वोक्स, कागिसो रबाडा, लुकमन मेरिवाला र आभेष खानले १–१ विकेट लिए । दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको दिल्ली मुम्बई इन्डियन्सलाई रनरेटमा पछि पार्दै अंक तालिकामा दोस्रो स्थानमा प्रवेश गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि