जेठ ०५, २०८१, शनिबार
               

त्रिकोणात्मक क्रिकेट : नेपाल ९ विकेटले विजयी

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

नेपालले पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै सानदार जित दर्ता गरेकाे छ । जितको लागि १३७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेकाे हाे । 

नेपालको जितमा डेब्यू गरेका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ खेले । कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । आसिफ शेख ३८ बलमा ४ चौका र ४ छक्का ५४ रनमा अविजित रहे ।

कप्तान ज्ञानेन्द्र मल्ल ७ बलमा १ छक्कासहित १३ रनमा अविजित रहे । नेदरल्यान्ड्सका जुलियन डेमेले एक विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएकाे थियो । नेदरल्यान्ड्सलाई सत्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले २, सोमपाल कामी र सहाब आलमले एक–एक विकेट लिएका थिए।

अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि