जेठ ०७, २०८१, सोमबार
               

चेन्नाइ सुपर किंसलको विजय यात्रा सुरु

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

चेन्नाइ सुपर किंसले इन्डियन प्रिमियर लिगमा पहिलो जीत हात पारेको छ । महेन्द्र सिंह धोनीको कप्तनीमा रहेको सो टिमले गएराति भएको खेलमा पंजाव किंसलाई ६ विकेटले पराजित गर्दै सो जीत हात पारेको हो । 

मुम्बइस्थित वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको पंजावले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६ रनको झिनो योगफल बनाएको थियो ।

दीपक चाहरले धातक वलिङ गर्दै चार विकेट लिएपछि पंजावको पारी ध्वस्त भएको थियो । ओपनर केएल राहुल पाँच र मयंक अग्रवाल शून्यमा आउट भएका थिए । क्रिस गेल दश, दिपक हुड्डा दश रनमानै आउट हुदा निकोलस पुरनले खाता खोल्न सकेनन् ।साहरुख खानले ४७ रन जोडेपछि पंजावले एक सय रनको आंकडा पार गरेको थियो । 

जाय रिचर्डसनले १५ रन बनाए । चाहरले चार ओभरमा एक ओभर मेनड राख्दै मात्र १३ रन दिएर चार विकेट लिए । साम करण, मोइन अली र ड्वेन ब्राभोले १–१ विकेट लिए । जवाफमा चेन्नाइले १५ दशमलब ४ ओभरमा ४ विकेटको नोक्सानीम लक्ष्य पुरा गर्यो । मोइन अलीले ४६ र फाप डु प्लेसीले ३६ रन बनाएपछि चेन्नाइले पंजाव माथि सहज जीत हात पारेको हो । मोहम्मद सामीले दुई विकेट लिए । चेन्नाइको दुई खेलमा यो पहिलो जीत र पंजावको पहिलो हार हो । 


कस्तो लाग्यो ?

यो पनि