जेठ ०५, २०८१, शनिबार
               

त्रिकोणात्मक टि-२० शृंखलाको ट्रफी सार्वजनिक

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

भोलिबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुने नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टि-२० क्रिकेट शृंखलाको च्याम्प्यिन ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ। 

उक्त प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्तरुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणदर फैलिने त्रासका बीच पनि आयोजना हुन लागेको शृंखलामा महामारीबाट जोगिन होटलदेखि मैदानसम्म सबै प्राबधान अपनाइएको शृखंलाका निर्देशक माधव कर्माचार्यले बताए ।

यस्तै क्यानका महानिर्देशक रौनक मल्लले भोलिबाट आयोजना हुने लागेको शृंखला सम्पन्न गर्नु निकै चुनौतीपूर्ण रहेको बताए । कोरोनाको महामारीको चपेटामा पनि आयोजना हुने शृंखलामा दर्शक दीर्घाको लागि टिकटको व्यवस्था मिलाइएको महानिर्देशक मल्लले बताए।

प्रतियोगितामा सहभागि सबै खेलाडीको कोरोना परीक्षण भइसकेको शृंखलाका निर्देशक माधव कर्मचार्यले जानकारी दिए । शृंखलामा शनिबार उद्द्घाटन खेल आयोजक नेपाल र नेदरल्यान्ड्सबीच हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि