जेठ ०७, २०८१, सोमबार
               

खोटाङ जिल्ला लिग फुटबल वैशाख १० गतेदेखि

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

खोटाङ । आगामी वैशाख १० गतेदेखि खोटाङमा सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगीताको खेलतालिका सार्वजनिक गरिएको छ । आयोजक जिल्ला फुटबल संघको दिक्तेलस्थित कार्यालयमा बसेको बैठकले जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत हुने (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो ।

(ए) डिभिजन लिग फुटबल प्रतियोगिता वैशाख ११ गतेदेखि १५ गतेसम्म र (बि) डिभिजन लिग फुटबल प्रतियोगिता वैशाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिए ।

यसपल्टको (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा राजावासस्थित यलम्बर खेल मैदानमा सञ्चालन हुने जनाइएको छ । 

जिल्ला लिग वैशाख १० गते उद्घाटन भएपनि प्रतियोगिता भने दोस्रो दिनदेखि मात्र सञ्चालन हुने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको हो ।

विसं २०७६ को लिगमा प्राप्त गरेको अङ्कका आधारमा जिल्लाका ६ वटा क्लब (ए) डिभिजनमा र चार वटा क्लब (बि) डिभिजनमा परेको थियो । (ए) डिभिजन लिगका विजेता क्लबले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यो पनि