जेठ ०५, २०८१, शनिबार
               

त्रिदेशीय कप क्रिकेटका लागि टोलिको घोषणा

नेपाल फ्ल्यास
बैशाख ०१, २०७८

ADVERTISEMENT

नेपाल क्रिकेट संघले नेदरल्याण्ड्स र मलेसियाबीच हुने त्रिदेशीय कप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलिको घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघले बुधबार घोषणा गरेको १५ सदस्यीय टोलिका पुरानै अनुहारहरू छन् । ज्ञानेन्द्र मल्ल कप्तानको भूमिकामा दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

पारस खड्का, बिनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहराले टोलिमा स्थान बनाएका छन् । साथै आरिफ शेष र आसिफ शेष, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरी र सुशन भारी टोलिमा अटाएका छन् ।

नेदरल्याण्ड्स, मलेसिया र नेपाल सम्मिलित त्रिदेशीय कप क्रिकेट प्रतियोगिता बैशाख ४ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि