जेठ ०६, २०८१, आइतबार
               

आज त्रिभुवन आर्मी क्लब इन्डियन सुपर लिग बेंगलुरुसँग भीड्दै

नेपाल फ्ल्यास
बैशाख ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । आज त्रिभुवन आर्मी क्लब   एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो खेलमा इन्डियन सुपर लिग (आइएसएल) बेंगलुरुसँग भीड्ने भएको छ ।

सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुले यसअघि नै एएफसी कप खेलिसकेको छ । यी दुई टोलीको खेल राति ७ः४५ बजे गोवास्थित जीएमसी एथ्लेटिक स्टेडियम बाम्बोलिममा हुने बताइएको छ । 

उक्त खेलको विजेताले तेस्रो चरणको खेल बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग खेल्ने छ । आर्मीले दशरथ रंगशालमा अप्रिल ७ मा भएको पहिलो चरणको खेलमा श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबलाई ५–१ ले पराजित गरेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि