बैशाख १२, २०८१, बुधबार
               

आइपिएलमा पञ्जाबद्वारा राजस्थान ४ रनले पराजित

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतमा जारी हिजो भएको आइपीएल क्रिकेट खेलको १४औँ चौथो संंस्करणमा राजस्थान रोयल्सलाई पञ्जाब किंग्सले ४ रनले पराजित गरेको छ । रोयल्का कप्तान सन्जु सामसनले यस वर्षको पहिलो शतक बनाए ।

तर, शतक बनाए पनि उनको टिमले भने पराजित भोगेको छ । गएराति सम्पन्न खेलमा पञ्जाबको २२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन मात्रै बनाएको हो ।

अन्तिम ओभरमा जितका लागि १३ रन बनाउनु पर्ने भएपनि राजस्थानले ८ रन मात्रै बनायो । अन्तिमसम्म क्रिजमा टिकेका सामसनले ११९ रनको शतकीय पारी खेलेका थिए । अन्तिम बलमा जितका लागि छक्का चाहिएको समयमा सन्जु क्याचआउट भएका हुन् ।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो । उसका लागि कप्तान लोकेश राहुलले ९१ रन बनाए। 

जितसँगै पञ्जाब २ अंकसहित तेस्रो स्थानमा छ। समान अंक भएपनि रनरेटका आधारमा दिल्ली पहिलो, कोलकत्ता दोस्रो र बेंग्लोर चौथो स्थानमा रहेको छ । त्यस्तै, सोही आइपीएलमा आज राति पनि मुम्बई र कोलकत्ता भीड्ने भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि