जेठ ०५, २०८१, शनिबार
               

आज दशरथ रंगशालामा त्रिभुवन आर्मी र श्रीलंका पुलिसबीच भिडन्त हुँदै

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज दशरथ रंगशालामा त्रिभुवन आर्मी र श्रीलंका पुलिसबीच भिडन्त हुने भएको छ । एएफसी लाइसेन्स पहिलो पटक पाएपछि त्रिभुवन आर्मी क्लबले एएफसी कपछनोटको लागि खेल्न लागेको हो ।

उक्त फुटबल खेल बुधबार (आज) साँझ साढे पाँच बजे हुने बताइएको छ । त्रिभुवन आर्मीका प्रशिक्षक नबिन न्यौपानेका अनुसार उक्त लेखेलको लागि आर्मीले सबै तयारी पुरा गरेको छ । न्यौपानेले छनोटको पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबविरुद्ध जित निकाल्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

क्लबको तयारी राम्रो रहेको र खेलाडी पनि पूर्णरुपमा फिट रहेको भन्दै प्रशिक्षक न्यौपानेले दोस्रो चरणमा स्थान बनाउने दाबी पनि गरे । घरेलु फुटबलमा शीर्ष श्रेणीको ए डिभिजन लिग मछिन्द्र क्लबले जिते पनि एएफसी क्लब लाइसेन्स नभएपछि नेपालको एक मात्र लाइसेन्स प्राप्त क्लब आर्मीले यो प्रतियोगिता खेल्न लागेको हो ।

एएफसीको तालिकाअनुसार आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन खेल जित्नुपर्ने हुन्छ ।  पहिलो खेलमा श्रीलंका पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेङ्गलुरु फुटबल क्लबसँग १४ अप्रिलमा गोवास्थित जिएमसी रंगशालामा खेल्ने बताइएको छ । यो खेल जितेको खण्डमा आर्मीले प्लेअफको अर्को पोलको विजेतासँग फाइनल खेल्नेछ । 
 


कस्तो लाग्यो ?

यो पनि