जेठ ०५, २०८१, शनिबार
               

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरू नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरू टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको छ ।

यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तरले भाग लिएको थियो । सन् २०१८ मा कुटनीतिक संवाद पुनः थालनी गर्न यस खेलमा भएको उत्तरको सहभागिताले ठूलो सहयोग गरेको थियो ।

उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले गृष्मकालीन खेलमा उत्तरको प्रतिनिधित्व गरेकी थिइन् । त्यसबखत दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले किम यो जोङसँग निकै सकारात्मक वार्ता गरेकी थिइन् जसका कारण नेता किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रत्यक्ष भेटवार्ताहरू भएका थिए ।

तर प्योङयाङको घोषणाले दक्षिण कोरियाको पुनः वार्ता प्रक्रिया सुरु गराउने एउटा योजनामा धक्का लागेको छ । टोकियो ओलम्पिक आगामी जुलाईमा हुँदैछ । 

उत्तर कोरियाली ओलम्पिक कमिटीले कोभिड–१९ का कारण आफ्ना खेलाडीलाई सुरक्षित गर्न ३२औं गृष्मकालीन ओलम्पिकमा सहभागी नहुने निर्णय गरेको जनाएको छ । 

तर विश्लेषकहरूले कोरोनाभन्दा पनि अन्य कारणले उत्तर कोरिया सहभागी हुन नचाहेको अनुमान गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि