जेठ ०५, २०८१, शनिबार
               

आहा रारा गोल्डकप : थ्री स्टार र नेपाल पुलिसबीच भीडन्त हुँदै

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

पोखरा । पोखरामा जारी १९ औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल आज थ्री स्टार र नेपाल पुलिसबीच हुने भएको छ ।  

पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबची हुन लागेको हो । 

थ्री स्टार र पुलिसबीचको खेल दिउँसो ३:०० बजे सुरु हुनेछ । दुई ए डिभिजन क्लब जित निकाल्दै अन्तिम चारमा पुग्न चाहन्छन् । विजेताले सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसनसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र क्लबलाई हराएर अफ्रिकन सेमिफाइनलमा पुगिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि