जेठ ०५, २०८१, शनिबार
               

युनाइटेडद्वारा ब्राइटन २–१ गोलले पराजित

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

एजेन्सी ।  गएराति सम्पन्न सम्पन्न भएको इङ्लिस प्रिमियर लिगअन्तर्गत को फुटबल खेलमा म्यानचेस्टर युनाइटेडद्वारा ब्राइटन २–१ गोलले पराजित भएको छ । ओल्ड ट्राफोर्ड मैदानमा भएको उक्त खेलमा युनाइटेडले पाहुना टोली ब्राइटोनलाई २–१ गोलले पराजित गरेको हो ।

युनाइटेडको जितको लागि मार्कस रासफोर्ड र मेसन ग्रिनवुडले १–१ गोल गरेका थिए । त्यसअघि खेलको १३औँ मिनेटमा ब्राइटोनका ड्यानी वेलब्याकले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोलले पछि परेको युनाइटेडले दुबै गोल दोस्रो हाफमा गरेको हो । रासफर्डले ६२ औं  मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

८३औँ मिनेटमा पाउल पोग्बाको पासलाई ग्रिनवुडले गोलमा बदलेपछि युनाइटेडले जित सुनिश्चित गरेको हो । गएरातिको जितसँगै युनाइटेडले अंकतालिकामा ६० अंक बनाएको छ ।  
 


कस्तो लाग्यो ?

यो पनि