जेठ ०५, २०८१, शनिबार
               

भारतीय चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

नयाँदिल्ली । चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसबाट संक्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनको स्वास्थ्य अवस्था झन झन बिग्रिदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए ।   

खेलाडी तेन्दुलकर कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भए पनि उनका परिवारजनको परीक्षण गर्दा भने संक्रमण नभएको देखिएको छ । शुक्रबार उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मेरो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउँदै स्वास्थ्य लाभको कामना गर्नुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ 

उनले चिकित्सकहरुको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफु चाँडै नै निको भएर घर फर्किने विश्वास समेत व्यक्त गरेका छन् । खेलाडी तेन्दुलकरले अरु सबैलाई सुरक्षित रहन र सतर्कता अपनाउन पनि सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् । सन् १९७३ को २४ अप्रिलमा भारतको मुम्बईमा जन्मिएका तेन्दुलकर भारतको क्रिकेट टोलीको कप्तान भएका थिए ।

उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराँचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवन प्रारम्भ गरेका थिए । टेस्ट तथा एक दिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाउने इतिहास पनि उनकै नाममा छ ।

टेस्ट क्रिकेटमा ४९ शतक तथा एक दिवसीय क्रिकेटमा ५१ शतक बनाउनुभएको छ भने पुरुष समूहको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी पनि तेन्दुलकर नै हुन् ।


कस्तो लाग्यो ?

यो पनि