जेठ ०५, २०८१, शनिबार
               

त्रिभुवन आर्मी क्लब र किर्गिस्तान यु-२३को खेल बराबरीमा टुंग्गियो

नेपाल फ्ल्यास
चैत १५, २०७७

ADVERTISEMENT

काठमाडौं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तान यु-२३को खेल बराबरीमा टुंग्गएको छ । 

आइतबार दशरथ रंगशालामा आर्मीसँग भएको मैत्रीपूर्ण खेलमा किर्गिस यु-२३ ओलम्पिक टिम र सो टिमबीच भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

त्रिदेशिय लिगको पहिलो खेलमा बंगलोदेबिरुद्ध आफ्नै गोलले हार बेहोर्न बाध्य किर्गिस्तानले दोश्रो खेलमा नेपालसँग गोलरहित बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।

आजको खेलमा दुबै पक्षले गोलको राम्रो अवसर पाए पनि गोल भने गर्न सकेन । खेलको पहिलो मिनेटमा नै आर्मीले मौका पाएको थियो, तर नवयुग श्रेष्ठ चुक्दा गोल हुन सकेन ।

एएफसी कपको प्ले अफको तयारीमा रहेको आर्मीले श्रीलंकाको पुलिस क्लबसँग खेल्नेछ । जुन खेल पनि दशरथ रंगशालामै अप्रिल ७ मा हुनेछ ।

पहिलो खेलमा जित निकाल्न सफल रहेमा आर्मीले भारतको बैंगलुरु क्लबसँग खेल्नेछ । आर्मी एएफसीको लाइन्स प्राप्त नेपालको पहिलो क्लब हो । यस सिजनको ए डिभिजन क्लब विजेता मछिन्द्रसँग लाइसेन्स नहुँदा आर्मीलाई देशको प्रतिनिधित्व गर्ने मौका प्राप्त भएकोे हो ।

यो पनि