जेठ ०५, २०८१, शनिबार
               

एबीडी भिलियर्स नेपाली लिग खेल्न आउलान् त!

नेपाल फ्ल्यास
चैत १५, २०७७

ADVERTISEMENT

विश्वका चर्चित र सफल क्रिकेटर तथा अफ्रिकाका पूर्वकप्तान एबीडी भिलियर्सले नेपाली मैदानमा उत्रिएर क्रिकेट खेल्छन् त ! उनी आएमा नेपाली खेल र दर्शकका लागि यो महत्त्वपूर्ण क्षण हुनेछ । 

यतिबेला उनलाई नेपाली लिग खेलाउन ल्याउने प्रयास भइरहेको छ । इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरका अनुसार उनी इपीएल खेल्न नेपाल आउने लगभग पक्का भएको छ ।

अख्तरले आगामी संस्करणको इपीएलमा एबीडी नेपाल आउने जनाएका हुन् । ललितपुर प्याट्रियट्स एबीडीलाई अनुबन्ध गर्नका लागि प्रयासरत छ । तर यसको अन्तिम खेल्ने टिमको भने टुंगो लागिसकेको छैन ।

एबीडीले टेस्ट क्रिकेटमा ८७६५ र एकदिवशीय क्रिकेटमा ९५७७ रन बनाइसकेका छन् । उनी २०१४ मा आइसिसी ओडिआई वर्ष खेलाडी बनेका थिए भने २०१३ मा आइसिसी टेस्ट र ओडिआईमा शीर्ष वरियतामा थिए ।


कस्तो लाग्यो ?

यो पनि