जेठ ०५, २०८१, शनिबार
               

हिमचितुवा घिमिरे खोतेजुसँग भिड्दै

नेपाल फ्ल्यास
चैत १४, २०७७

ADVERTISEMENT

युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१ ’ को तयारी पूरा गरेका छन् ।  आइतबार जापानको टोकियो सहरमा आयोजना हुने सो महोत्सवमा उनले जापानका  बक्सर खोतेजुसँग भिड्दैछन् । विश्वचर्चित सो भिडन्त हेर्न १० हजार भन्दा बढी जापानीले टिकट लिइसकेका जनाइएको छ ।

अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले  बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका हुन् । उनले आज समाजिक सञ्जालमार्फत महोत्सवको आवश्यक तयारी पुरा भएको जनाए । महोत्सवमा विश्वका चर्चित बक्सरलाई मात्र खेलाइने गरिन्छ । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल सो महोत्सवमा भाग लिने कम उमेरका पहिलो नेपाली युवा खेलाडी हुन् ।

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका उहाँले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अविरलले हालसम्म ४७ भन्दा बढी व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि