जेठ ०५, २०८१, शनिबार
               

प्रदेशस्तरीय भलिबल : चुली र रुकुम पश्चिमको प्रतिष्पर्धा

नेपाल फ्ल्यास
चैत १४, २०७७

ADVERTISEMENT

कर्णाली । प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक चुली युवा क्लब सुर्खेत र रुकुम पश्चिमको टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सेमिफाइनलमा चुली युवा क्लबले सल्यानलाई तथा रुकुम पश्चिमले हाम्रो कम्प्युटर इन्स्टिच्युटलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । घरेलु टोली चुली सल्यानलाई तीन शून्यको सोझो सेट पराजित गर्दै उपाधि नजिक पुगेको हो । जिल्ला खेलकूद विकास समिति अगाडिको मैदानमा हुने प्रतियोगितामा यी दुवै टोली पहिलोपटक आमनेसामने हुँदैछन् ।

अपराजित यात्रा कायम राख्दै उच्च मनोबलका साथ फाइनलमा पुगेको चुली पाहुना टोलीलाई हराउँदै उपाधि रक्षा गर्ने दाउमा छ । त्यस्तै रुकुमपश्चिम भने चुलीलाई उसकै मैदानमा हराएर उपाधि आफ्नो पोल्टामा पार्ने योजानाका साथ मैदान उत्रिने रणनीतिमा छ ।

समूह चरणको पहिलो खेलमा सिम्तासँग पराजित भएको रुकुमपश्चिमले सेमिफाइनलमा भने उत्तरपश्चिम पृतनाको आर्मी क्लबको टोलीलाई हराएको हो । आज तेस्रो र सान्तवना स्थानका लागि हाम्रो कम्प्युटर इन्स्टिच्युट र सल्यानको बनगाड कुपिन्डे भिड्ने भएका छन् ।

सुर्खेतको चुली युवा क्लबले पहिलोपटक प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो । विजेतालाई रु दुई लाख र उपविजेतालाई एक लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि