जेठ ०५, २०८१, शनिबार
               

नेपाली खेलाडीमा उच्च प्रतिभा छ : ह्वाटमोर

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

नेपाल क्रिकेट सङ्घका प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले यस क्षेत्रका क्रिकेट खेलाडीमा उच्च प्रतिभा रहेको बताएका छन् । नेपाल क्रिकेट सङ्घ, राष्ट्रिय खेलकूद परिषद्, प्रदेश एवं मोरङ जिल्ला क्रिकेट सङ्घद्वारा आज यहाँ संयुक्तरुपमा आयोजित कार्यक्रममा उनले नेपाली खेलाडीलाई उचित प्रशिक्षण दिइने बताए । 

श्रीलङ्कका टीमलाई एक दिवसीय क्रिकेटमा विश्व विजेता बनाउन मुख्य प्रशिक्षण दिएका अष्ट्रेलियन नागरिक ह्वाटमोरले नेपाली खेलाडीलाई आवश्यक सीप तथा व्यावहारिक ज्ञान दिएमा आगामी दिनमा नेपाल विश्व वरियतामा अगाडि आउने विश्वास व्यक्त गरे । नेपाल क्रिकेट सङ्घका प्रशिक्षक जगत टमाटाले प्रदेशका खेलाडीहरूलाई मोरबाट आवश्यक सीप सिक्न सुनौलो अवसरमा पाएकोमा खुशी व्यक्त गरे ।

मोरङ जिल्ला क्रिकेट सङ्घका नवीन घिमिरे, प्रदेशका चण्डिका बाँस्तोला, प्रदीपराज पाण्डेलगायतले यस क्षेत्रको क्रिकेटको विकासमा उनको प्रशिक्षण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।


कस्तो लाग्यो ?

यो पनि