जेठ ०५, २०८१, शनिबार
               

‘प्रदेश सरकारले खेलकूदलाई महत्व दिएको छ’

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकूद क्षेत्रलाई प्रदेश सरकारले धेरै महत्व दिइरहेको बताएका छन् । लमजुङ क्व्होलासोथर गाउँपालिको खेलकूद विकास समितिले आयोजना गरेको क्व्होलासोथर गाउँपालिका लिग फुटबल प्रतियोगिताको मंगलबार समापन गर्दै उनले खेलकूद क्षेत्रको विकासका लागि प्रदेशमै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्न लागेको बताए । 

पोखरामा खेलकूद स्पोर्ट भिलेज निर्माण गर्न लागिएको र पोखरा रङ्गशालाजस्तै अर्को रङ्गशाला निर्माण गर्ने अभियानमा प्रदेश लागेको तथा त्यसको नीति निर्माण गर्ने एवं विस्तृत सर्वेक्षण गर्ने अभियानमा प्रदेश सरकार रहेको मुख्यमन्त्री गुरुङको भनाइ छ । 

मंगलबार भएको फाइनल खेलमा यस गाउँपालिकाका–४ भुजुङले क्व्होलासोथर गाउँपालिका लिग कपको उपाधि हात पार्न सफल भएको छ । वडा नं ५ सिम्दीलाई ३ का विरुद्ध चार गोल गर्दै भुजुङले उपाधि चुम्न सफल भएको हो । 

दोस्रो स्थान प्राप्त गर्न सफल सिम्दीले ५० हजार रुपैयाँ, मेडल प्रमाणपत्र प्राप्त गरेको छ । विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले पुरस्कार वितरण गरेका थिए ।

गत ५ गतेदेखि सञ्चालित यस प्रतियोगितामा गाउँपालिकाका नौवटै वटाले सहभागिता थियो । आगामी दिनमा समेत यस प्रतियोगितालाई निरन्तरता दिइने खेलकूद विकास समितिकी अध्यक्ष गङ्गा घलेले बताइन् । 

यो पनि