जेठ ०५, २०८१, शनिबार
               

त्रिदेशीय फुटबल प्रतियोगिता : बंगलादेश १-०ले अघि

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

काठमाडौं । दशरथ रंगशालमा मंगलबारबाट सुरु भएको भएको त्रिदेशीय फुटबलमा बंगलादेशले  अग्रता लिएको छ ।बंगलादेश र कीर्गिस्तानबीच जारी खेलमा पहिलो हाफसम्म बंगलादेश १ -० गोल अन्तरले अगाडि छ भने कीर्गिस्तानका  खेलाडीले आत्‍मघाती गोल गरेका छन् । जसका कारण बंगलादेशले अग्रता लिएको छ । 

बिहीबार नेपालले किर्गिस्तानको सामना गर्ने छ। एन्फाको आयोजनामा दशरथ रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक नेपालसहित बङलादेश र किर्गिस्तानको सहभागिता रहेको छ।

समूह चरणमा शीर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका तीनवटै खेलसहित फाइनल खेल बेलुकी साढे पाँच बजेबाट खेलाइनेछ।

यो पनि