जेठ ०५, २०८१, शनिबार
               

वाटमोरले सातवटै प्रदेशका प्रशिक्षकलाई प्रशिक्षण दिने

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेभ वाटमोरले सातवटै प्रदेशका प्रशिक्षकलाई प्रशिक्षण दिने भएका छन् । 

नेपाल क्रिकेट संघ-क्यान र राष्ट्रिय खेलकुद परिषद्-राखेपको संयोजनमा वाटमोरले उनीहरुलाई प्रशिक्षण दिन लागेका हुन् । जसअनुसार उनी हरेक प्रदेशमा चार दिनका दरले ‘हाइ पर्फमेन्स क्रिकेट क्लिनिक’ सञ्चालन गर्नेछन् । क्यानका अनुसार जुन कार्यक्रम मार्च र अप्रिलमा सञ्चालन हुनेछन् । 

वाटमोरको प्रशिक्षणले स्थानीय प्रशिक्षकहरुको स्तर वृद्धि हुने अपेक्षा क्यान र राखेपको छ। ६७ वर्षीय अस्ट्रेलियन  वाटमोर विश्वकप विजेता प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ मा एकदिवशीय विश्वकप जितेको थियो। उनी गत डिसेम्बरयता नेपाली टोलीको प्रशिक्षक रहेका छन्।


कस्तो लाग्यो ?

यो पनि