जेठ ०५, २०८१, शनिबार
               

नेपाली क्रिकेट खेलाडीले एक वर्षको पारिश्रमिक एकमुष्ट पाउँने

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली क्रिकेट खेलाडीले एक वर्षको तलब एकैपटक पाउँने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको केन्द्रीय अनुबन्धनमा रहेका महिला र पुरुष खेलाडीको गत वर्षको पारिश्रमिक आज र भोलि दुई दिन गरेर दिन लागेको हो । 

क्यानको आर्थिक समितिको बैठकले अनुबन्धनमा रहेका सबै खेलाडी र मैदानका कर्मचारीको गत वर्षको पारिश्रमिक एकमुष्ट दिने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट खेलाडी र ग्राउण्ड स्टाफ लगाएको रकम निकासा भइसकेको भन्दै वितरण गर्न लागिएको क्यान कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए ।

महिला खेलाडीलाई सोमबार र पुरुष खेलाडीको पारिश्रमिक मंगलबार भुक्तानी गर्ने उनले बताए । क्यानले गत असोजमा पहिलो पटक महिला खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टोलीमा अनुबन्ध गरेको थियो ।

यो पनि